आज:  | Sun, 31, May, 2026

नेपाल यु १९ विश्व कपमा छनोट हुन असफल

दिशा निर्देश April 19, 2025 मा प्रकाशित (१ साल अघि)

नेपाल यु १९ विश्व कपमा छनोट हुन असफल भएको छ।

प्रतिकुल मौसमको कारण टस हुन नसकी नेपाल र अफगानिस्तानबीचको खेल रद्द भएसँगै नेपालको विश्व कपको यात्रामा पूर्णविराम लागेको हो।

अर्को वर्ष जिम्बाब्वे र नामिबियामा हुने आसिसी यु १९ विश्व कपमा प्रवेशको लागि आज नेपाललाई अफगानिस्तानलाई हराउनै पर्ने थियो।

तर हिजो साँझ देखि र आज बिहान परेको पानीको कारण खेल समयमा सुरु हुन सकेन । आज बिहान करिब ९ बजे पानी पर्न रोकियो।

तर भिजेको मैदानले खेल हुन नसक्ने अम्पायरले निर्णय गरेसँगै अफगानिस्तान विश्व कपमा छनोट भयो।
नेपालको नवौं पटक विश्व कप खेल्ने सपना पूरा हुन पाएन।

यसअघि नेपालले ८ पटक विश्व कप खेलेको इतिहास छ। नेपाल र अफगानिस्तान दुवैले समान ३ खेल जितेर ६ अंक बनाएका थिए। तर रन रेटमा अफगानिस्तानले बाजी मार्यो।

अफगानिस्तानसँग ४.८१ र नेपालसँग ३.५७ रन रेट रहेको छ। रन रेटमा नेपाल पछि पर्यो।
छनोमा नेपाल, अफगानिस्तान, ओमान, हङ्कङ र युएईको सहभागिता थियो।


सम्बन्धित खबरहरु