आज:  | Thu, 07, May, 2026

काेनियाका मतदाता भन्छन् : यस पालि स्वतन्त्र उम्मेदवार सिंहलाई जिताउछाैँ

Avatar photo दिशा निर्देश २५ कार्तिक २०७९, शुक्रबार ०८:५४ मा प्रकाशित (३ साल अघि)

वीरगञ्ज – स्वतन्त्र उम्मेदवार रुपेशमान सिंह हरेक दिन मतदाताको घरघरमा पुगिरहेका छन् ।

पर्सा २(ख) बाट प्रदेशसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिएका सिंहले आफ्ना एजेण्डा सुनाउन मतदाताको घरघर पुगिरहेका हुन् ।

वीरगञ्ज महानगरपालिकाको १० वटा वडा र बहुदरमाई नगरपालिका वडा नम्वर २ गरी ११ वटा वडाका मतदाता भेट्न उनी हरेक दिन बिहान बेलुका कार्यतालिका नै बनाएर घरघर पुगिरहेका छन् ।

मतदाताको गुनासो सुन्न र आफ्ना एजेण्डा सुनाउन उनी अधिकांस वडाका मतदाताको घरघरमा पुगिसकेका छन् ।

यस अघि जितेर गएकाहरु पाँच वर्षसम्म फर्केर नआएको र अहिले चुनावका बेला मात्रै देखिएकाले उनीहरुलाई मतदान नगर्ने भन्दै अब स्वतन्त्र उम्मेद्वार सिंहकै पक्षमा लाग्ने मतदाताहरु बताउँछन् ।

आफ्ना बालबच्चाले उचित शिक्षा पाउन नसकेको, गाउँमै उचित स्वास्थ्य जाँचको प्रबन्ध अहिलेसम्म हुन नसकेको भन्दै मतदाताले यसमा काम गर्छु भनेर आएका सिंहलाई आफूहरुले मौका दिने बताएका हुन् ।

दलका उम्मेदवारहरु बढी भागबण्डामा केन्द्रित हुने र जनताका काम नगर्ने भएकाले अब स्वतन्त्रको बिकल्प नभएको वडा नम्वर १७ कोनियाँका मतदाता दिपेन्द्र पटेल बताउँछन् ।

उनी जस्तै धेरैले गर्छु भनेर हिम्मतका साथ अघि बढेका स्वतन्त्र उम्मेदवार सिंहलाई विजयी बनाउन गाउँगाउँमा प्रचार प्रसार पनि गर्दै हिँडेका छन् ।

स्वतन्त्र उम्मेदवार सिंह शुक्रबार आज वडा नम्वर १७ कोनियाँका मतदाताको घरघरमा पुगेका छन् । त्यहाँका मतदाताले सिंहलाई फुलमाला र अबिर लगाएर विजयको आशिर्वाद दिँदै आफूहरुको पूर्ण साथ रहने बताएका छन् ।

घरदैलो अभियानमा स्वस्फूर्त रुपमा महिला, बृद्ध, युवा लगायतको उल्लेख्य उपस्थिती रहेको थियो ।


सम्बन्धित खबरहरु