आज:  | Wed, 21, May, 2025

नेपाल यु १९ विश्व कपमा छनोट हुन असफल

Avatar photo दिशा निर्देश ६ बैशाख २०८२, शनिबार १६:२२ मा प्रकाशित (१ महिना अघि)
Share

नेपाल यु १९ विश्व कपमा छनोट हुन असफल भएको छ।

प्रतिकुल मौसमको कारण टस हुन नसकी नेपाल र अफगानिस्तानबीचको खेल रद्द भएसँगै नेपालको विश्व कपको यात्रामा पूर्णविराम लागेको हो।

अर्को वर्ष जिम्बाब्वे र नामिबियामा हुने आसिसी यु १९ विश्व कपमा प्रवेशको लागि आज नेपाललाई अफगानिस्तानलाई हराउनै पर्ने थियो।

तर हिजो साँझ देखि र आज बिहान परेको पानीको कारण खेल समयमा सुरु हुन सकेन । आज बिहान करिब ९ बजे पानी पर्न रोकियो।

तर भिजेको मैदानले खेल हुन नसक्ने अम्पायरले निर्णय गरेसँगै अफगानिस्तान विश्व कपमा छनोट भयो।
नेपालको नवौं पटक विश्व कप खेल्ने सपना पूरा हुन पाएन।

यसअघि नेपालले ८ पटक विश्व कप खेलेको इतिहास छ। नेपाल र अफगानिस्तान दुवैले समान ३ खेल जितेर ६ अंक बनाएका थिए। तर रन रेटमा अफगानिस्तानले बाजी मार्यो।

अफगानिस्तानसँग ४.८१ र नेपालसँग ३.५७ रन रेट रहेको छ। रन रेटमा नेपाल पछि पर्यो।
छनोमा नेपाल, अफगानिस्तान, ओमान, हङ्कङ र युएईको सहभागिता थियो।


सम्बन्धित खबरहरु