आज:  | Thu, 07, May, 2026

वीरगञ्जको वडा नं.२० मा मेयर घरदैलो शिविर सम्पन्न, ७ सय ५३ जना लाभान्वित

Avatar photo दिशा निर्देश २९ मंसिर २०७९, बिहीबार १८:५७ मा प्रकाशित (३ साल अघि)

वीरगञ्ज – वीरगञ्ज महानगरपालिकाको वडा नम्वर २० हरपतगञ्जमा जारी मेयर घरदैलो स्वास्थ्य शिविर बिहीबार सम्पन्न भएको छ ।

गएको आइतबार सुरु भएको शिविर ४ दिनसम्म चलेको हो । शिविरमा ४ सय ८३ जना महिला सहित ७ सय ५३ जनाले स्वास्थ्य सेवा लिएका छन् । विशेषज्ञ चिकित्सकसहितको टोलीले शिविरमा आएकामध्ये १ सय ५७ जनालाई ल्याब र १५ जनालाई यु.एस.जी सेवा दिएका छन् ।

महानगरपालिकाले नगरवासीको घरदैलोमै स्वास्थ्य सेवा पु¥याउने उद्धेश्यले सञ्चालन गरेको कार्यक्रममा बिरामीको अवस्था हेरी मोबाइल ल्याब बाट तत्कालै रगत परिक्षण गराइ समस्या अनुसार निशुल्क औषधी पनि वितरण भइरहेको अभियानमा सहभागी डाक्टर सागर गुप्ताले जानकारी दिए ।

घरदैलोमै सबै खालका चेकजाँच हुने गरी स्वास्थ्य सेवा पुगेपछि सदरमुकाम धाइरहने अवस्था हटेको शिविरमा उपचारका लागि आएकी स्थानीय मालती देवीले बताइन् ।

खासगरी वृद्धवृद्धा, गर्भवती महिला तथा अन्य स्वास्थ्य समस्या भएका महिलाहरुका लागि सहज वातावरण रहेकोले महिलाहरू निर्धक्क जाँचका लागि आउने गरेको डाक्टर जिन्नतुन नेशाले बताईन् ।

यस अघि अन्य सात वटा वडामा ‘मेयर घरदैलो’ शिविर सम्पन्न भइसकेको छ ।

अभियानमा वीरगञ्ज महानगरपालिका स्वास्थ्य शाखाका प्रमुख रितेश जैसवाल, सुमन चन्द्र ठाकुर, सुनिल कुर्मी, डाक्टर सागर गुप्ता, डाक्टर उमेश सरार्फ, डाक्टर जिन्नातुन नेसा लगायतको टोली खटिएको छ ।


सम्बन्धित खबरहरु