वीरगञ्ज – वीरगञ्ज महानगरपालिकाले ग्रिनसिटीका अध्यक्ष जय प्रकाश खेतानलाई फोहोर व्यवस्थापन तथा अनुगमन, वृक्षारोपण र फुटपाथ व्यवस्थापन संयोजकको जिम्मेवारी दिएको छ ।
महानगरपालिकालाई स्वच्छ, सुन्दर र हरीयाली वातावरण निर्माणको लागि खेतानलाई यो जिम्मेवारी दिइएको हो ।
महानगरका मेयर राजेशमान सिंहले आइतबार खेतानलाई जिम्मेवारी सुम्पंदै महानगरले लिएको लक्ष्य प्राप्ती हुनेगरी काम गर्न आग्रह गरे ।
महानगरलाई हरित शहरको रुपमा रुपान्तरण गर्न नगरका हरेक वार्डमा अहिले बृक्षारोपणको काम अघि बढेको छ ।
महानगरलाई हरित शहर बनाउँदै सफा सुन्दर बनाउने अभियानमा सबैको साथ चाहिने नवनियुक्त संयोजक खेतानले बताए ।
