आज:  | Fri, 29, May, 2026

८५ लाख भन्दा बढीको भन्सार छलीका सामानसहित ट्रक प्रहरीको नियन्त्रणमा

दिशा निर्देश November 11, 2024 मा प्रकाशित (१ साल अघि)

जिल्ला प्रहरी कार्यालय पर्साले ८५ लाख भन्दा बढीको भन्सार छलीका सामानसहित ट्रक नियन्त्रणमा लिएको छ ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर ८ घण्टाघर चोकबाट प्रहरीले ट्रक नियन्त्रणमा लिएको हो ।

वीरगञ्जबाट कैलालीतर्फ जाँदै गरेको ना.६ ख ५५१ नम्बरको मालबाहक ट्रकबाट ८५ लाख ७० हजार २४० रुपैयाँ बराबरको खुद्रा तथा औषधीहरु बरामद गरेको पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक भारतीले जानकारी दिए ।


सम्बन्धित खबरहरु