वीरगंज। पर्साको छिपरमाइ गाउँपालिका वडा नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम भेला सम्पन्न भएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी क्षेत्र नम्बर ४ का क्षेत्रीय सभापति जितेन्द्र मिश्रको अध्यक्षतामा सप्पन्न भेलालाई सम्बोधन गर्दै रास्वपा पर्साका सभापति हरि पन्तले युवाहरुको नवीन र सुझबुझ पुर्ण सोच नै देश बिकासको आधार भएको बताए । आगामी २०८४ को आम निर्वाचनमा नेपाली जनताले रास्वपाको सोच र सिद्धान्तलाई अनुमोदन गरेर देशको चाबी युवाहरुको हातमा सुम्पने उनले दाबी गरे ।
रास्वपालाई नेपाली जनताले अब देशको बैकल्पिक शक्ति भन्दा पनि मुख्य राजनीतिक शक्तिको रूपमा देख्न चाहेको सभापति पन्तको भनाई छ । भेलाले राजुकुमार पाण्डेको अध्यक्षमा ११ सदस्यीय समिति गठन गरेको छ ।
समितिको उपाध्यक्षमा हरदेव सहनी, सचिवमा निरज साह सुनार, कोषाध्यक्षमा अशोक राउत कुर्मी, सदस्यहरु रमेश शाह, सुदर्शन प्रसाद शाह, कृष्णसहनी, मङ्गल शर्मा लोहार, रामदेव पण्डित, त्रिलोकी पाण्डे र जीत महतोलाई चयन गरिएको छ ।
रास्वपाका संगठन बिभाग उपप्रमुख प्रमोद रायमाझीले सन्चालन गरेको भेलालाई पार्टीका केन्द्रिय सदस्य डा नन्दन यादव लगायतका नेताहरुले सम्बोधन गरेका थिए ।
