आज:  | Fri, 29, May, 2026

१९ वर्षमुनिको साफ च्याम्पियनशिप : नेपाल भारतसँग पराजित

दिशा निर्देश May 14, 2025 मा प्रकाशित (१ साल अघि)

काठमाडौँ – १९ वर्षमुनिको साफ च्याम्पियनशिप फुटबल प्रतियोगिताको समूह चरणको अन्तिम खेलमा नेपाल भारतसँग ४–० गोल अन्तरले पराजित भएको छ।

पहिले नै सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेका नेपाल र भारतबीच हिजो भएको खेलमा भारतले एकतर्फी जित निकाल्दै समूह ‘बी’ को विजेता बन्न सफल भयो। नेपाल भने उपविजेतामा सीमित रह्यो।

आयोजक भारतले यसअघि श्रीलङ्कालाई ८–० ले हराएको थियो भने नेपालले पनि श्रीलङ्कामाथि ५–० को सानदार जित निकालेको थियो।

अब पर्सि शुक्रवार हुने सेमिफाइनल खेलमा भारत समूह ‘ए’ को उपविजेता माल्दिभ्ससँग भिड्नेछ। नेपालले भने समूह ‘ए’ को विजेता बङ्गलादेशसँग प्रतिस्पर्धा गर्नेछ।

नेपालले यसअघि सन् २०१५ मा पहिलो संस्करण र २०१७ मा यू-१८ उमेर समूहको संस्करण जितेको थियो। पछिल्लो पटक भने नेपाल फाइनलमा बङ्गलादेशसँग पराजित भएको थियो।


सम्बन्धित खबरहरु