आज:  | Fri, 29, May, 2026

हिमालयन पिरामिड कलेजका विद्यार्थीले गरे कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरुलाई स्वागत ( फोटो सहित )

दिशा निर्देश November 27, 2023 मा प्रकाशित (२ साल अघि)

वीरगञ्ज । हिमालयन पिरामिड कलेजमा कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीहरुलाई कक्षा १२ का विद्यार्थीहरु दुारा स्वागत कार्यक्रम आज वीरगञ्ज स्थित होटल भिस्वामा सम्पन्न भएको छ।

हिमालयन पिरामिड कलेजका संचालक समितिका अध्यक्ष बिजय कुमार यादवको अध्यक्षतामा सो कार्यक्रम सम्पन्न भएको हो । नयाँ शैक्षिकसत्रमा कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरुलाई हरेक वर्ष यसरी कक्षा १२ का विद्यार्थीहरुले स्वागत गर्ने प्रचलन रहेकोमा यो वर्ष पनि स्वागत कार्यक्रम गरिएको हिमालयन पिरामिड कलेजका प्रिन्सिपल संजय कुमार सिंहले जानकारी दिनुभएको छ।

कलेजले विद्यार्थीहरुको उच्च मनोबलका साथ अध्यापन गदै आइरहेको र आफ्नो कलेजले विभिन्न क्षेत्रमा उत्कृष्ट नतिजा ल्याउन समेत सफल भएको प्रिन्सिपल सिंहले बताए । स्वागत कार्यक्रममा कलेजका संचालक बिरेन्द्र प्रसाद यादव ,मनोज प्रसाद केसरी ,प्रविन कुमार सिंह ,लगायतको उपस्थित रहेको थियो भने कार्यक्रमको संचालन विनोद कुमार श्रीवास्तवले गर्नुभएको थियो ।कार्यक्रममा कक्षा १२ का विद्यार्थी राहुल सुन्दरमा प्राची सरार्फले गरेका थिए।


सम्बन्धित खबरहरु