आज:  | Fri, 29, May, 2026

हिन्दु युवाले मुस्लिम समुदायका लागि गरे इफ्तारीको आयोजना

दिशा निर्देश March 23, 2025 मा प्रकाशित (१ साल अघि)

इस्लाम धर्मावलम्बीहरूको पवित्र महिना रमजानको अवसरमा वीरगंजका  हिन्दु युवाहरुले सामूहिक इफ्तारी कार्यक्रमको आयोजना गरेका छन् ।

आपसी भाइचारा र धार्मिक सहिष्णुता अभिवृद्धि गर्ने उद्देश्यले वीरगंज आदर्शनगरस्थित बालाजी टी स्टलका सञ्चालक प्रेमकुमार गुप्ताले इस्लाम धर्मावलम्बीहरूका लागि इफ्तारको प्रबन्ध मिलाएका हुन् ।

शनिबार साँझ आयोजित उक्त इफ्तारी कार्यक्रममा मुस्लिम तथा हिन्दु समुदायका उल्लेख्य व्यक्तिहरूको उपस्थिति रहेको थियो। गुप्ताले फरक धर्म र संस्कृतिको सम्मान गर्दै धार्मिक सहिष्णुता कायम राख्न सानो प्रयासस्वरूप इफ्तार कार्यक्रम आयोजना गरिएको बताए ।

इफ्तारीका लागि सहभागीहरूमाझ खजुर, फलफूल, जुस, पानि, तथा अन्य पारम्परिक खाद्य सामग्रीहरूको व्यवस्था गरिएको थियो। कार्यक्रमका सहभागीहरूले गुप्ताको यो प्रयासले दुई धर्मका मानिसहरूबीचको सम्बन्ध अझ प्रगाढ बनाएको बताएका छन् ।

कार्यक्रममा स्थानीय समाजसेवी, व्यवसायी, युवा नेताहरू, र धार्मिक अगुवाहरूको समेत उपस्थिति रहेको थियो ।

सहभागीहरूले गुप्ताको सानो प्रयासले हिन्दू९मुस्लिम एकता र भाइचारा सन्देश फैलाउन ठूलो भूमिका खेलेको बताए । धार्मिक सहिष्णुता र आपसी सद्भावको यो प्रयासले वीरगंजजस्ता बहुसांस्कृतिक र बहुधार्मिक सहरहरूमा सकारात्मक उदाहरण प्रस्तुत गरेको स्थानीयहरूले बताएका छन् ।


सम्बन्धित खबरहरु