आज:  | Sat, 09, May, 2026

हङकङ सुपर सिक्सेसको पहिलो खेलमा नेपाल १७ रनले पराजित

Avatar photo दिशा निर्देश २२ कार्तिक २०८२, शुक्रबार १०:१७ मा प्रकाशित (६ महिना अघि)

वीरगञ्ज । हङकङ सुपर सिक्सेस क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपाल अफगानिस्तानसँग १७ ले पराजित भएको छ ।

अफगानिस्तानका लागि करिम जनात १० बलमा चार छक्काको मद्दतमा ३५ रन बनाए । गुलबदिन नायबले २२, सिदिकुल्लाह पचले २२ रन बनाए । नेपालका लागि राशिद खानले ह्याट्रिक पूरा गर्दै चार विकेट लिए भने लोकेश बमले एक विकेट हात पारे ।

जवाफी ब्याटिङ गरेको नेपालका सन्दीप जोराले अर्धशतक पूरा गरे । १४ बलको सामना गर्दा ८ छक्का हिर्काउँदै ५३ रन बनाएका हुन्। अन्य ब्याट्सम्यानले नेपालका लागि उल्लेख्य रन जोड्न सकेनन् । नेपालले पूरै ६ ओभर खेल्दै दुई विकेटको क्षतिमा ९५ रन मात्र बनाउन सक्यो ।

सिक्स ओभर प्रचलित यो स्वरुपको क्रिकेटले फरक रणनीति र छिटो गतिमा प्रदर्शनको माग गर्दछ।


सम्बन्धित खबरहरु