आज:  | Thu, 07, May, 2026

स्व. सर्राफको १३ औँ दिनको पूण्यतिथीमा श्रद्धाञ्जली सभा, सांसद यादवले गरे आर्थिक सहयाेगकाे घाेषणा

Avatar photo दिशा निर्देश २८ मंसिर २०७९, बुधबार १७:०२ मा प्रकाशित (३ साल अघि)

वीरगञ्ज – पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य (सांसद्) प्रदीप यादवले पत्रकार स्वर्गीय नरेश सर्राफको परिवारलाई एक लाख रुपैयाँ आर्थिक सहयो गर्ने उद्घोष गरेका छन् ।

स्व. सर्राफको १३ औँ दिनको पूण्यतिथीका अवसरमा नेपाल पत्रकार महासंघले आयोजना गरेको श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै सांसद् यादवले १ लाख आर्थिक सहयोग उपलब्ध गराउने उद्घोष गरेका हुन् ।

सांसद् यादवले प्रधानमन्त्रीलाई भनेर भएपनि अर्थ मन्त्रालयबाट सर्राफका परिवारको लागि विशेष राहतको व्यवस्था गर्ने आश्वासन पनि दिएका छन् । पर्साको पत्रकारिता क्षेत्रमा सर्राफको निधनले क्षति भएको बताउँदै पूर्वमन्त्रीसमेत रहेका यादवले उनले अंगालेको मार्गमा निर्देशित भई निष्पक्ष र निडर पत्रकारिता गर्नुपर्नेमा जोड दिएका छन् ।

सर्राफ स्वच्छ छविका र ईमान्दार पत्रकार भएको बताउँदै यादवले उनको जस्तो स्वभाव भएको पत्रकार पर्साले पाउन मुस्किल पर्ने बताए । विशेष गरी भूइँतहका र सर्वसाधारण नागरिकका समस्या एवम् पिडाहरुलाई खोजी खोजी पत्रकारिता गरेमा उनीप्रति सच्चा श्रद्धाञ्जली हुने विश्वास पनि यादवले व्यक्त गरेका छन् ।

पत्रकारको हकहित र पेशागत सुरक्षा एवम् मर्यादाका लागि सदैव एकरुप भएर लाग्न आग्रह गर्दै पर्साको पत्रकारिताको उचाईलाई अझै बढाउन पनि उनले सुझाव दिएका छन् ।

सर्राफ पत्रकार मात्रै नभएर सामाजिक अभियन्ताको रुपमा विभिन्नि किसिमका सामजिक क्रियाकलापहरुमा पनि सक्रिय रहेको स्मरण गर्दै यादवले उनको छोटो समयको योगदान पनि अविस्मरणीय रहेको बताए ।

पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारीकाे सभापतित्वमा सम्पन्न  श्रद्धाञ्जलीसभामा महासंघका केन्द्रीय सचिव दीपेन्द्र चाैहान, मधेस प्रदेशका महासचिव श्याम बन्जरा लगायत पर्सेली पत्रकारहरुका साथै विभिन्न राजनीतिक दलका प्रतिनिध, पेशागत संघसंगठनका प्रतिनिधि लगायतकाे सहभागिता रहेकाे थियाे ।


सम्बन्धित खबरहरु