वीरगञ्ज । नेपालमा स्नातक तहका विद्यार्थीहरूलाई हालको नतिजा पकाशनमा ढिलाइ हुँदा समस्या परिरहेको छ । यस ढिलाइको कारणले गर्दा विद्यार्थीहरू आफ्नो उमेर हद नाघ्न सक्ने जोखिममा परेका छन्, जसले लोकसेवा आयोगको परीक्षा वा अन्य सरकारी परीक्षामा सहभागिता गर्न असमर्थ हुने अवस्था देखिएको छ ।
यस्तो अवस्थामा, विद्यार्थीहरूले आफ्नो परीक्षा तयारी गर्न र आवेदन प्रक्रिया पूरा गर्न समयमै नतिजा प्राप्त गर्न आवश्यक छ । तर, शैक्षिक संस्थानहरूको ढिलाइ र प्रशासनिक समस्याले उनीहरूको समयसीमा नाघ्न लाग्दा लोकसेवा परीक्षा लगायतका महत्वपूर्ण अवसरमा सामेल हुन कठिनाई भएको विद्यार्थीहरुको गुनासो छ ।
शिक्षा मन्त्रालय र विश्वविद्यालय प्रशासनले नतिजा समयमै उपलब्ध गराउनका लागि प्रभावकारी कदम चाल्नुपर्ने विद्यार्थीहरुले माग गरेका छन । यस समस्याको समाधान गर्न शिक्षा क्षेत्रका निकायहरूले पहल गर्नुपर्ने माग गर्दै विद्यार्थीहरुले पहल नभएमा आन्दोलन गर्न बाध्य हुने चेतावनी पनि दिएका छन् ।
