आज:  | Fri, 29, May, 2026

सिम्रौनगढमा प्रहरीद्वारा गाँजा खेती नष्ट

दिशा निर्देश November 30, 2023 मा प्रकाशित (२ साल अघि)

वीरगञ्ज । बारा जिल्लामा लुकाई छिपाइ भइरहेको गाँजा खेती प्रहरीले नष्ट गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाराले बुधवार सिम्रौनगढ नगरपालिकामा अवैध तरिकाले लुकाई छिपाइ भइरहेको गाँजा खेती नष्ट गरेको हो ।

बारा प्रहरीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक (डिएसपी) दधिराम न्यौपानेका अनुसार विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बारामा खटिएको टोलीले सिम्रौनगढ – २ र ७ मा लगाइएको गाँजा खेती बुधवार नष्ट गरेको हो ।

पहिलो चरणमा विभिन्न २० ठाउँको लगाइएका १२ कट्ठा जग्गाको गाँजा खेती नष्ट गरिएको डिएसपी न्यौपानेको भनाई छ ।

पर्सा प्रहरीले पनि बुधवाद ठोरी गाउँपालिकामा अवैध तरिकाले दश कट्ठा जग्गामा लगाइएको गाँजा खेती नष्ट गरेको थियो ।


सम्बन्धित खबरहरु