आज:  | Fri, 29, May, 2026

सिमरा घटना : सम्राटमाथि कुटपिट गर्ने पक्राउ नगरे देशव्यापी विरोध गर्ने सुदन गुरुङको चेतावनी

दिशा निर्देश November 21, 2025 मा प्रकाशित (६ महिना अघि)

वीरगञ्ज । जेन–जी आन्दोलनका अगुवा सुदन गुरुङले बाराको सिमरा घटनापछि जिल्ला संयोजक सम्राट उपाध्यायमाथि कुटपिट गर्ने व्यक्तिमाथि कारबाही नगरे देशव्यापी आन्दोलन सुरु गर्ने चेतावनी दिएका छन्।

गुरुङले सरकार तथा गृहमन्त्रीलाई लक्षित गर्दै फसबुके मार्फत मध्यरातमा जारी गरिएको स्टाटसमार्फत शुक्रबार बिहान १० बजेसम्म मुख्य अभियुक्तलाई पक्राउ गर्न माग गरेका हुन्। “हाम्रो शान्तिपूर्ण प्रदर्शनमा आएर हाम्रो सिमराका जिल्ला संयोजक सम्राट उपाध्यायमाथि हात उठाउने मुख्य अभियुक्तलाई भोलि बिहान १० बजेभित्र पक्राउ गरिएन भने देशव्यापी विरोध सुरु गरिनेछ,” उनले लेखेका छन्।

गुरुङले आफ्नो मौनतालाई कमजोरी नठान्न सरकारलाई चेतावनी दिँदै अब युवा तथा देशभक्त नागरिकको शक्तिले विरोध प्रदर्शन गर्ने समय आएको बताए।


सम्बन्धित खबरहरु