पर्सा, २०८१ असोज ११ – सशस्त्र प्रहरी बल नेपाल, प्र.सी.सु. गुल्म बिरगंज र बिरगंज भन्सार कार्यालयको संयुक्त टोलीले रु. १८,६१,६०० बराबरको भन्सार छलिका सामान बरामद गरेको छ।
मिति २०८१ असोज १० गते सशस्त्र प्रहरी नायब उपरीक्षक (स.प्र.ना.उ.) नरेन्द्र सिंह धामीको कमाण्डमा खटिएको सशस्त्र प्रहरी टोली र भन्सार कार्यालयको संयुक्त टोलीले विशेष सूचनाको आधारमा जिल्ला पर्सा, बिरगंज महानगरपालिका-१२, मुर्लीस्थित खुर्सेद अंसारीको घर पछाडि लुकाइछिपाई गोदाममा राखिएको अबैध सामान फेला पारेको हो।
बरामद गरिएका सामानमा रु. १६,२५,४०० बराबरका विभिन्न ब्रान्डका चकलेट, फेबिक्विक र दाँत माझ्ने ब्रस रहेका छन्। यी सामानहरू आवश्यक कारवाहीका लागि बिरगंज भन्सार कार्यालय, पर्सामा बुझाइएको छ।
त्यस्तै, मिति २०८१ असोज ११ गते सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हे.क्वा पर्साबाट खटिएको अर्को टोलीले बिरगंज महानगरपालिका-२५, चण्डाल चोकस्थित आकस्मिक चेकप्वाइन्टमा चेकजाँच गर्ने क्रममा, भारतबाट अवैध रूपमा भन्सार छली ल्याइरहेको BR-05-U 4210 नम्बरको मोटरसाइकलमा लोड गरिएको रु. ८६,२०० बराबरको कपडा र किराना सामान बरामद गरेको छ।
उक्त मोटरसाइकलको भन्सार मूल्य रु. १,५०,००० मुल्याङ्कन गरिएको छ, जसलाई नियन्त्रणमा लिई थप कारवाहीका लागि बिरगंज भन्सार कार्यालय, पर्सामा बुझाइएको छ।
यस सम्बन्धी जानकारी सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण पर्साका प्रवक्ता, सशस्त्र प्रहरी नायब उपरीक्षक देबेन्द्र सिंहले दिएका छन्।
