आज:  | Fri, 29, May, 2026

सशस्त्र प्रहरीद्वारा वीरगञ्जबाट १७ लाख भन्दा बढीको भन्सार छलीका सामान बरामद

दिशा निर्देश September 1, 2024 मा प्रकाशित (१ साल अघि)

वीरगञ्ज । सशस्त्र प्रहरीले वीरगञ्जबाट १७ लाख ६४ हजार भन्दा बढीको भन्सार छलीका सामान बरामद गरेको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ ईनर्वाका विभिन्न सीमा नाकाहरुबाट सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्जबाट खटिएको टोलीले भन्सार छलीका सामान बरामद गरेको हो ।

भारतबाट अवैध रुपमा भन्सार छलेर नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा १७ लाख ६४ हजार २०२ रुपैयाँ बराबरको सामान बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वाटर पर्साका प्रवक्ता सशस्त्र प्रहरी नायब उपरीक्षक देबेन्द्र सिंहले जानकारी दिए । उनकाअनुसार बरामद गरिएको कपडा, हार्डवेयर, मोबाईल एसेसोरिज तथा किराना सामानहरु आवश्यक कारवाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ ।


सम्बन्धित खबरहरु