वीरगञ्ज । सशस्त्र प्रहरीले पर्साबाट ठूलो परिमाणमा लागूऔषध गाँजा बरामद गरेको छ । बि.ओ.पी. अमरपट्टीबाट खटिएको मोबाइल गस्ती टोलीले १४५ किलो प्रतिबन्धित गाँजा बरामद गरेको हो ।
पर्साको बिन्दबासिनी गाउँपालसका वडा नम्बर३ इटियाही चोकबाट गाँजा बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर१३ गण हेडक्वाटर पर्साका प्रबक्ता सशस्त्र प्रहरी नायब उपरीक्षक देबेन्द्र सिंहले जानकारी दिए । उनका अनुसार
ईटियाही चोकबाट बा.१५ च. ७९५६ नम्बरको कारलाई चेकजाचँ गर्ने क्रममा कार चालक सहित २ जना व्यक्ति गाडी छाडी फरार भएका छन् ।
शंकाको आधारमा चेकजाँच गर्दा गाडीको सिटमुनी तथा डिकीभित्र लुकाई छिपाई राखेको १४५ के.जी ९१५ पोका० प्रतिबन्धित लागुऔषध गाँजा फेला परेको सिंहले बताए । बरामद गाँजा सहित कारलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि ईलाका प्रहरी कार्यालय पोखरियामा बुझाइएको सिंहको भनाा छ ।
