आज:  | Fri, 29, May, 2026

सप्तरीमा गोली प्रहारबाट मन्दिरका पुजारीको हत्या

दिशा निर्देश October 19, 2025 मा प्रकाशित (७ महिना अघि)

वीरगञ्ज । सप्तरीको बोदेबर्साइन नगरपालिका–८ काचनस्थित रजकपट्टीको कबिर बाबा मन्दिरका पुजारीको गोली हानी हत्या गरिएको छ।
त्रिहत्तर वर्षीय पुजारी रामदुलार साहलाई आज बिहान करिब २ बजे अज्ञात समूहले गोली प्रहार गरी हत्या गरेको परिवारका सदस्य रामसुन्दर साहले जानकारी दिएका छन्।

गाउँको पूर्वतर्फ रहेको मन्दिरमा कुटी बनाएर एक्लै बस्दै आएका पुजारीलाई अज्ञात समूहले राति मन्दिरबाट सडकमा निकालेर पिठ्युँतर्फ गोली प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

घटना भएको केही मिनेटमै स्थानीय बासिन्दाले काचनस्थित प्रहरी चौकीलाई खबर गरेका थिए। त्यसपछि जिल्ला प्रहरी कार्यालय सप्तरी र इलाका प्रहरी कार्यालय कडरबोनाबाट प्रहरी टोली पुगेर घटनास्थलको मुचुल्का उठाउँदै आवश्यक अनुसन्धान थालेको छ।

प्रहरीका अनुसार घटनास्थलबाट दुईवटा गोलीका खोका फेला परेका छन्। शव परीक्षणका लागि पुजारी साहको शव धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख प्रहरी उपरीक्षक गौतमकुमार केसीले जानकारी दिएका छन्।

उनका अनुसार सीमावर्ती क्षेत्रमा शंकास्पद व्यक्तिमाथि कडा चेकजाँच सुरू गरिएको छ।


सम्बन्धित खबरहरु