वीरगञ्ज । वीरगञ्जको नगवास्थित सनलाईट माविले आयोजना गरेको सनलाईट टि–२० अन्तरविद्यालय नकआउट क्रिकेट प्रतियोगिता २०८१ को सम्पूर्ण तयारी पूरा भएको छ । यसबारे विद्यालयले आज एक पत्रकार सम्मेलन गरी विस्तृत जानकारी गराएको छ ।
विद्यालयका प्रबन्ध निर्देशक आलोक चौरसियाले प्रतियोगिताको बारेमा जानकारी दिँदै भने, “प्रतियोगितामा चार समूहका १६ विद्यालयहरूले प्रतिस्पर्धा गर्नेछन् । खेल नकआउट आधारमा हुनेछ र प्रत्येक खेल विजेता टोलीले अर्को चरणमा प्रवेश गर्नेछ ।”
प्रतियोगिताको ग्रुप ‘ए’ अन्तर्गत माउन्ट मकालु, मिनी ल्याण्ड, मनकामना, र ज्ञानदा एकेडेमीबीच प्रतिस्पर्धा हुनेछ । यो समूहको पहिलो खेल माघ २८ गते बिहान ९ः०० बजे हुनेछ । ग्रुप ‘बी’ मा एस.आर. ग्यालेक्सी, जीवन ज्योति, र सिडब्लुएस टोलीले प्रतिस्पर्धा गर्नेछन् । यस समूहको खेल माघ ३० गते बिहान ९ः०० बजे सुरु हुनेछ ।
ग्रुप ‘सी’ मा मालिनी एकेडेमी, गौतम, र ज्ञान ज्योतिको प्रतिस्पर्धा हुनेछ भने यो समूहको खेल माघ २९ गते दिउँसो १ः०० बजे हुनेछ । ग्रुप ‘डी’ अन्तर्गत सनलाईट, लिटल एञ्जल्स, ओम नेशनल, र वीरगञ्ज एकेडेमीबीच प्रतिस्पर्धा हुनेछ । यो समूहको पहिलो खेल माघ २८ गते दिउँसो १ः०० बजे हुनेछ ।
प्रतियोगिताको सेमिफाइनल खेलहरू फागुन ३ गते बिहान ९ः०० बजे र दिउँसो १ः०० बजे आयोजना हुनेछ । फाइनल खेल फागुन ४ गते दिउँसो १ः०० बजे हुनेछ भने तेस्रो स्थानका लागि खेल त्यही दिन बिहान ८ः०० देखि ११ः०० बजेसम्म आयोजना गरिनेछ । प्रतियोगिताका सबै खेल नारायणी क्रिकेट मैदानमा हुनेछन् ।
यो प्रतियोगिताले विद्यार्थीहरूबीच खेल भावना र आपसी सहकार्यलाई प्रवद्र्धन गर्नुका साथै युवा क्रिकेट प्रतिभाहरूलाई अघि बढ्न सहयोग पु¥याउने विद्यालयले जनाएको छ ।

