आज:  | Fri, 29, May, 2026

शान्ति मिसनबाट नेपाली शान्ति सैनिकको तेस्रो समूह स्वदेश फिर्ता

दिशा निर्देश June 17, 2025 मा प्रकाशित (११ महिना अघि)

काठमाडौं— संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानको अबेइ क्षेत्रमा खटिएको अन्तरिम सुरक्षा बल (UNISFA) अन्तर्गतको नेपाली शान्ति सेनाको तेस्रो समूह स्वदेश फर्किएको छ।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार सहसेनानी भोलाकुमार कार्कीको नेतृत्वमा ६७ जना शान्ति सैनिक सोमबार नेपाल फर्किएका हुन्। उनीहरू निर्धारित कार्यकाल पूरा गरी स्वदेश फिर्ता भएका हुन्।

यसअघि सोही मिसनमा प्रमुख सेनानी ज्ञानकाजी श्रेष्ठको नेतृत्वमा चौथो समूहका ७७ जना सैनिक जेठ ३० गते त्यसतर्फ प्रस्थान गरेका थिए। उनीहरूले तेस्रो समूहलाई प्रतिस्थापन गर्ने उद्देश्यसहित मिसनमा प्रवेश गरेका थिए।

हाल संयुक्त राष्ट्रसंघीय उक्त शान्ति मिसनमा कुल १०७ जना नेपाली शान्ति सैनिक कार्यरत रहेको नेपाली सेनाले जनाएको छ।

नेपाली सेना लामो समयदेखि संयुक्त राष्ट्रसंघका विभिन्न शान्ति मिसनहरूमा सक्रिय रुपमा संलग्न रहँदै आएको छ। अबेइ मिसनमा समेत नेपाली सेनाको योगदानले अन्तर्राष्ट्रिय स्तरमा नेपालप्रति विश्वास र सम्मान कायम गर्न मद्दत पु¥याएको विश्लेषण गरिन्छ।


सम्बन्धित खबरहरु