वीरगञ्ज – वीरगञ्जमा शुक्रवार विश्व एड्स दिवस मनाइएको छ । वीरगञ्जस्थित नारायणी अस्पतालमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेर एड्स हेल्थकेयर फाउण्डेशन (ए एच एफ) नेपालले दिवस मनाएको हो ।
नारायणी अस्पतालको ए आर टी शाखाबाट प्रवाह हुने सेवासुविधाको गुणस्तरलाइ अझ उच्च बनाउनका लागी अस्पतालसहित सम्पूर्ण सरोकारवाला निकाय तथा युवा सेवाग्राहीहरु बीच छलफल भएको हो । ‘समुदायको नेतृत्वमा एड्स अन्त्य गरौ’ भन्ने यस वर्षका नारासहित मनाइएको दिवसकै अवसरमा आयोजित अन्तरक्रिया कार्यक्रममा ए आर टी सेवालाई थप प्रभावकारी बनाउने बारेमा सरोकारवालाले जोड दिएका थिए ।
नारायणी असपातलबाट हेमा थापा, डा प्रभाकर राज, बिजामबाट निरज साह, सहयात्री समाजबाट सुरज लिम्बु, नेपाल आरधना समाजबाट अवदेश प्रसाद साह लगयतले प्रतिनीधित्व गर्दै एड्सको रोकथाम र नियन्त्रणका बारेमा आ–आफ्नो धारणा राखेका थिए ।
![]()
नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चित्तरञ्जन साहको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण ए एच एफ नेपालका प्रतिनीधि आशिष गुरगाइले गरेका थिए ।
