आज:  | Fri, 29, May, 2026

वीरगञ्जको लक्षमनवा टोलमा फारुखे आजम मस्जिदको छत ढलान सम्पन्न

दिशा निर्देश May 28, 2025 मा प्रकाशित (१ साल अघि)

वीरगञ्ज, जेठ १४ — वीरगञ्ज महानगरपालिका–१५ लक्षमनवा टोलमा निर्माणाधीन फारुखे आजम मस्जिदको छतको ढलान कार्य सम्पन्न भएको छ। वीरगञ्ज महानगरपालिकाका उप–प्रमुख इम्तियाज आलमको पहलमा सम्पन्न भएको यस कार्यलाई स्थानीयले उत्साहपूर्वक स्वागत गरेका छन्।

उप–प्रमुख आलमले मस्जिदको ढलान कार्यको मसला हालेर औपचारिक शुभारम्भ गरेका थिए। छत ढलान सम्पन्न भएपछि स्थानीय मुस्लिम समुदायमा हर्ष र उत्साह छाएको छ। धार्मिक तथा सामुदायिक महत्व बोकेको यो मस्जिदको निर्माणले लक्षमनवा टोलमा नयाँ ऊर्जा थपेको स्थानीयको धारणा छ।

स्थानीयहरूका अनुसार उप–प्रमुख आलमले समुदायप्रति देखाएको चासो र सहयोग सराहनीय छ। “उहाँको सक्रियताले हामी समुदायको आवश्यकता बुझिन्छ भन्ने अनुभूति भएको छ,” एक स्थानीय बासिन्दाले भने, “आगामी दिनहरूमा अझ धेरै विकासको अपेक्षा गरेका छौँ।”

फारुखे आजम मस्जिदको निर्माण कार्यमा समुदायको सहभागिता पनि उल्लेखनीय रहेको छ। स्थानीय मुस्लिम समुदायले धार्मिक संरचनाको निर्माणमा देखाएको एकता र समर्थनप्रति उपप्रमुख आलमले आभार व्यक्त गर्दै भविष्यमा आवश्यकताअनुसार थप विकास निर्माण अघि बढाइने प्रतिबद्धता जनाएका छन्।


सम्बन्धित खबरहरु