काठमाडौँ । लिभरपुलका फरवार्ड मोहमद सालाहले ‘प्रोफेसनल फुटबल एसोसिएसन’ (पीएफए) वर्ष खेलाडीको अवार्ड जितेका छन् । इजिप्टका स्टार खेलाडी सालाहले तेस्रो पटक यो उपाधि जित्दै इतिहास रचेका छन् ।
सालाहले यसअघि सन् २०१८ र सन् २०२२ मा अवार्ड जितेका थिए । ३३ वर्षीय उनले गत सिजन प्रिमियर लिगमा २९ गोल गर्दै सबैभन्दा बढी गोलकर्ताको उपाधि हात पारेका थिए । त्यस्तै, उनले लिभरपुललाई लिग जिताउन १८ असिस्ट पनि गरेका थिए ।
यस्तै, एस्टन भिल्लाका मोर्गन रोजर्सले ‘योङ प्लेयर अफ दि इयर’ अवार्ड जितेका छन् । फुटबलमा योगदान र राष्ट्रिय टोलीमा उपलब्धी हासिल गरेको आधारमा इंग्ल्याण्डका पूर्व प्रशिक्षक सर ग्यारेथ साउथगेटलाई ‘पीएफए मेरिट अवार्ड’ प्रदान गरिएको छ ।
