आज:  | Fri, 29, May, 2026

रौतहटमा बिर्सिएको झोला नगद सहित फिर्ता

दिशा निर्देश August 5, 2025 मा प्रकाशित (९ महिना अघि)

रौतहट २० ,साउन — रौतहटको चन्द्रनिगाहपुरस्थित पूर्व–पश्चिम राजमार्ग छेउमा रहेको होटल हिमालयनमा खाना खाएर हिँडेका एक व्यक्तिले बिर्सिएर छोडेको झोला नगदसहित फिर्ता गरिएको छ।

जनकपुरका बलराम साहुजी आइतबार उक्त होटलमा खाना खाएपछि झोला त्यहीँ छोडेर निस्किएका थिए। झोलामा करीब १ लाख ६ हजार रुपैयाँ नगदसहित विभिन्न महत्वपूर्ण कागजातहरू रहेका थिए।

झोला फेला परेपछि होटल सञ्चालक सुरेन्द्र साहले तत्काल इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरलाई जानकारी गराएका थिए। त्यसपछि प्रहरीको रोहबरमा साहुजीलाई सम्पर्क गरी झोला जिम्मा लगाइएको हो।

इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको निगरानीमा झोला बुझाइएको र झोलाभित्र रहेका सम्पूर्ण सामग्रीहरू यथावत रूपमा फिर्ता गरिएको प्रहरीले जनाएको छ। होटल सञ्चालकको इमान्दार र जिम्मेवार व्यवहारले सर्वसाधारणमा सकारात्मक सन्देश दिएको छ।


सम्बन्धित खबरहरु