आज:  | Fri, 29, May, 2026

रोट्याक्ट क्लब ऑफ वीरगञ्ज मेट्रोपोलिसद्वारा विद्यार्थीहरुलाई न्यानो कपडा वितरण

दिशा निर्देश December 23, 2023 मा प्रकाशित (२ साल अघि)

वीरगञ्ज । रोट्याक्ट क्लब ऑफ वीरगञ्ज मेट्रोपोलिसले विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको छ ।

क्लबले शुक्रबार एक कार्यक्रमकाे बिच वीरगञ्ज महानगरपालिकाकाे वडा नं. २६ स्थित श्री नेपाल प्राथमिक विद्यालय सुगौलीमा अध्ययनरत विद्यार्थीहरुलाई न्यानो कपडा विरतण गरेको हो ।

विद्यालयमा अध्ययनरत ८० जनालाई छात्र/छात्रालाई स्वीटर, मोजा, कॉपी, पेन्सिल, पेन वितरण गरिएकाे रोट्याक्ट क्लब ऑफ वीरगंज मेट्रोपोलिसका उपाध्यक्ष दिपु बर्णवालले जानकारी दिए ।

साे कपडा प्राणिक हीलर, अलका सिंघानिया,अम्बालिका शाह, सोनी रमनले सहयाेग गरेका थिए ।

क्लबका अध्यक्ष रेशु अग्रवालको अध्यक्षतामा भएकाे कपडा हस्तान्तरण कार्यक्रममा क्लबका उपाध्यक्ष दिपु वर्णवाल, राधिका दारुक, पुष्पा गुप्ता, परमानंद लगायतको उपस्थिति रहेको थियो ।


सम्बन्धित खबरहरु