राजर्षि जनक विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियनको सभापतिमा लोकतान्त्रिक समाजवादी विद्यार्थी सङ्घका प्रवेश यादव विजयी भएका छन्। आफ्ना निकटतम प्रतिद्वन्द्वी संयुक्त विद्यार्थी प्यानलका श्याम साहलाई पराजित गर्दै यादव विजयी भएका हुन्।
विश्वविद्यालय स्थापना भएको ६ वर्षपछि १५ सदस्यीय कार्यसमितिका लागि बिहीबार निर्वाचन भएको हो। विश्वविद्यालयमा भर्ना भएका चार सय ७५ विद्यार्थीमध्ये चार सय ४४ जना मतदानमा सहभागी भएका निर्वाचन समितिले जनाएको छ। स्ववियु निर्वाचनमा ६ राजनीतिक दल निकटका विद्यार्थी सङ्गठनले उम्मेदवारी दिएका थिए।
