आज:  | Fri, 29, May, 2026

रवि लामिछानेलाई ५४ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश

दिशा निर्देश February 6, 2025 मा प्रकाशित (१ साल अघि)

चितवन । चितवन जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई ५४ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ ।

साहारा चितवन सहकारी ठगी प्रकरणको मुद्दामा थुनछेक बहसपछि न्यायाधीश दयाराम ढकालको इजलासले उनलाई  ५४ लाख रुपैयाँ धरौटी लिएर छाड्न आदेश गरेको हो । ५४ लाख धरौटी माग गर्ने आदेश भएको अदालतका स्रेस्तेदार विष्णुप्रसाद आचार्यले जानकारी दिए ।

साहारा चितवन सहकारीको ठगी प्रकरणमा बयान दिन लामिछाने बुधबार अदालत उपस्थित भएका थिए । उनको थुनछेक बहस नसकिएपछि बुधबार अदालतले प्रहरीको जिम्मा लगाएको थियो ।

कास्की, काठमाडौं र रुपन्देहीमा रविविरुद्ध संगठित अपराधमा समेत मुद्दा दर्ता गरिए पनि चितवनमा भने ठगीमा मात्रै मुद्दा दायर भएको छ ।


सम्बन्धित खबरहरु