आज:  | Fri, 29, May, 2026

रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न अनुमति

दिशा निर्देश November 10, 2024 मा प्रकाशित (१ साल अघि)

सहकारी ठगी प्रकरणमा गत कात्तिक २ गते पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न जिल्ला अदालत कास्कीले अनुमति दिएको छ ।

जिल्ला अदालत कास्कीका न्यायाधीश नवराज दाहालको एकल इजलासले लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न जिल्ला प्रहरी कार्यालय कास्कीलाई अनुमति दिएको हो ।

लामिछानेलाई म्याद थपका लागि आज जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको थियो । उनीमाथि प्रहरीले ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान गर्दैछ ।

रविका साझेदार पूर्वडी आईजीसमेत रहेका छविलाल जोशी पनि असोज ६ देखि कास्की प्रहरीको हिरासतमा छन् ।


सम्बन्धित खबरहरु