आज:  | Sat, 09, May, 2026

मिरोज अहमद अनेरास्ववियु (क्रान्तिकारी) सम्पर्क विभागको प्रमुखमा मनोनित

Avatar photo दिशा निर्देश २४ जेष्ठ २०८२, शुक्रबार १९:३९ मा प्रकाशित (११ महिना अघि)

वीरगञ्ज — अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) को सम्पर्क विभाग प्रमुखमा मिरोज अहमदलाई मनोनित गरिएको छ। वर्तमानमा अनेरास्ववियु (क्रान्तिकारी) का केन्द्रीय सचिव रहेका अहमदलाई संगठनभित्रको सक्रियता, कार्यदक्षता र नेतृत्व क्षमताको मूल्याङ्कन गर्दै थप जिम्मेवारी प्रदान गरिएको हो।

२०७८ माघ २६ गते काठमाडौंमा सम्पन्न अनेरास्ववियु (क्रान्तिकारी) को केन्द्रीय समितिको बैठकले अहमदलाई सम्पर्क विभागको प्रमुखमा मनोनयन गर्ने निर्णय गरेको हो।

विद्यार्थी राजनीतिमा लामो समयदेखि सक्रिय रहँदै आउनुभएका अहमदले संगठन र पार्टीभित्र विभिन्न तहमा प्रभावशाली भूमिका निर्वाह गर्दै आउनुभएको छ। नव नियुक्त प्रमुख अहमदले आफूले पाएको जिम्मेवारीलाई इमान्दारिता र निष्ठापूर्वक पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।


सम्बन्धित खबरहरु