वीरगञ्ज । माडीको बगहीँ क्षेत्रसहित चितवन राष्ट्रिय निकुञ्जमा दुई गैंडाको मृत्यु भएको छ । निकुञ्जको बगही माडी सेक्टर अन्तर्गत रिउ खोलाको दक्षिण किनारको मध्यवर्ती क्षेत्रमा पर्ने काँसघारी क्षेत्रमा चैत २७ गते सोमबार मृत बच्चा गैंडा (केटा) भेटिएको हो । सो गैंडा बाघको आक्रमणमा परी मरेको हुनसक्ने अनुमान गरिएको छ ।
त्यसैगरी, निकुञ्जको अमलटारी सेक्टर अन्तर्गत मर्दी घोलस्थित निकुञ्जको कोर क्षेत्रमा पर्ने नारायणी नदिको भङ्गालो क्षेत्रमा पनि एकवटा गैंडा मृत फेला परेको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिनुभयो ।
