आज:  | Thu, 07, May, 2026

महिला हिंसा विरुद्ध घण्टाघरमा सडक नाटक प्रदर्शन

Avatar photo दिशा निर्देश २३ मंसिर २०७९, शुक्रबार १२:१३ मा प्रकाशित (३ साल अघि)

वीरगञ्ज – वीरगञ्जको घण्टाघरमा महिला हिंसा विरुद्ध सचेतनामूलक सडक नाटक प्रदर्शन गरिएको छ ।

ुसभ्य समाजको पहिचान, लैंगिक हिंसा विरुद्धको अभियानु भन्ने मुल नाराका साथ सुरु भएको महिला हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत शुक्रबार १५ औं दिनमा सचेतनामुलक सडक नाटक प्रदर्शन गरिएको हो ।

दाइजोका कारण महिलामाथि हुने गरेको हिंसा नाटकमा देखाइएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले गलत कार्यको प्रतिकार गर्ने हिम्मत नगर्दासम्म महिलामाथि हुने गरेका हिंसाले प्रस्रय पाउने भएकाले गलतको प्रतिकार गर्न सक्नु पर्नेमा जोड दिएका छन् ।

देखाउनका लागि मात्र कार्यक्रम नगरी घरघरसम्मै जागरण पुग्ने गरि अभियान लैजान पर्ने पनि उने बताए ।

सभ्य समाजका लागि महिलामाथि हुने हिंसा स्वीकार्य नहुने भएकाले यसलाई निर्मूल पार्न सबै एक भएर लाग्नु पर्ने बताए ।

कार्यक्रममा उपप्रमुख इम्तियाज आलमले छोरीलाई आत्मनिर्भर बनाउन अभिभावक लाग्नु पर्ने भन्दै त्यसका लागि शिक्षाबाट बन्चित गर्न नहुने बताए ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी पौडेलले हिंसामा परेका महिलाको उद्धार र सहयोगका लागि सेफ हाउस निर्माणमा महानगरको चासो रहेको बताए ।

जिल्ला प्रहरी कार्यालय, माइती नेपाल, आफन्त नेपाल, सानो पाइला, युवालय, आसमान नेपाल लगायतका संस्थाको समन्वयमा वीरगञ्ज महानगरपालिकाले कार्यक्रम आयोजना गरेको हो ।


सम्बन्धित खबरहरु