एजेन्सी — पाकिस्तानले भारतका प्रमुख सैन्य प्रतिष्ठानहरूलाई लक्षित गर्दै ‘अपरेशन बन्यान मार्स’ नामक जवाफी कारबाही सुरु गरेको जनाएको छ।
पाकिस्तानी सरकारले सोमबार एक विज्ञप्ति जारी गर्दै भारतको पछिल्लो आक्रमणको प्रत्युत्तरस्वरूप उक्त कारबाही सञ्चालन गरिएको स्पष्ट पारेको हो।
विज्ञप्तिमा भनिएको छ, “भारतको आक्रमण हाम्रो मातृभूमि, नागरिकहरू र सार्वभौमसत्तामाथिको हमला हो।”
पाकिस्तानी सेनाको जनसम्पर्क विभाग (आईएसपीआर) का अनुसार, हाल सुरु गरिएको यो कारबाहीलाई ‘अपरेशन बन्यान मार्स’ नाम दिइएको छ।
यसअघि पाकिस्तानले भारतले आफ्ना तीन सैन्य हवाई अड्डाहरूलाई लक्षित गरेको आरोप लगाउँदै आएको थियो। यद्यपि पाकिस्तानका यी दाबीहरूबारे भारतले हालसम्म कुनै औपचारिक प्रतिक्रिया दिएको छैन।
