आज:  | Fri, 29, May, 2026

भन्सार छलीका सामानसहितका ट्रक बारा प्रहरीको नियन्त्रणमा

दिशा निर्देश January 5, 2024 मा प्रकाशित (२ साल अघि)

वीरगञ्ज ,२० पुस । जिल्ला प्रहरी कार्यालय बाराले भन्सार छलीका सामानसहितका ट्रक पक्राउ गरेको छ । प्रहरी चौकी पथलैया बाराबाट खटिएको प्रहरी टोलीले जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १ पथलैया चोकबाट उक्त सामानसहितको ट्रक पक्राउ गरेको हो ।

वीरगञ्जबाट कास्कीतर्फ जादैँ गरेको ना ३ ख ७३२९ नम्बरको ट्रक रोकेर जाँच गरेको थियो । सोही क्रममा ट्रकमा लोड रहेका खुद्रा सामानको बिलबिजक शंकास्पद भेटिएपछि नियन्त्रणमा लिएको हो ।

ट्रकमा ३८ लाख २७ हजार मूल्य बराबरका सामान बरामद भएको बाराका प्रहरी नायब उपरिक्षक दधिराम न्यौपानेले बताए ।

पक्राउ परेका सामानसहित ट्रकलाई आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको उनले बताए ।


सम्बन्धित खबरहरु