आज:  | Fri, 29, May, 2026

बारा : भारतबाट भित्राईएको अबैध कुखुराको चल्ला नष्ट

दिशा निर्देश December 5, 2023 मा प्रकाशित (२ साल अघि)

बारा । बारा प्रहरीले अबैध रुपमा भारतबाट भित्राईएको कुखुराको चल्ला नष्ट गरेको छ ।

कलैया उप–महानगरपालिका वडा नं.२३ भतौडामा गस्ती गर्ने क्रममा प्रहरीले अबैध चल्ला बरामद गरेको हो ।

भतौडा स्थित बा.३६ प ७२७३ नं.को मोटरसाईकलमा अबैध रूपमा भारतबाट ल्याउदै गरेको १६ कार्टुन कुखुराको चल्ला खोल्टोमा पुरेर नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रबक्ता दधिराम न्यौपानेले जानकारी दिनुभयो ।

नष्ट गरिएको चल्लाको मुल्य करिब १ लाख ६० हजार रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।


सम्बन्धित खबरहरु