बारा , ०१ साउन। बारामा लागूऔषध गाँजासहित एक जना व्यक्ति पक्राउ परेका छन्।
पक्राउ पर्नेमा सर्लाही जिल्लाको विष्णु गाउँपालिका–३ मधुवनगोठ निवासी ५४ वर्षीय विरेन्द्र चौधरी रहेका छन्।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार नारायणघाटबाट मलंगवातर्फ जाँदै गरेको ना ५ ख ४८२२ नम्बरको यात्रुबाहक बसलाई जीतपुर सिमरा उपमहानगरपालिका–१, पथलैया चोकमा चेकजाँच गर्ने क्रममा चौधरीको साथबाट ७ किलो ४७० ग्राम गाँजा बरामद गरिएको हो।
पक्राउ परेका चौधरीलाई नियन्त्रणमा लिई लागूऔषध सम्बन्धी कसूरमा थप अनुसन्धान अघि बढाइएको बारा प्रहरीले जनाएको छ।
