आज:  | Fri, 29, May, 2026

बारामा धारिलो हतियार प्रहार गरी एक जनाको हत्या

दिशा निर्देश October 27, 2024 मा प्रकाशित (१ साल अघि)

बारामा अज्ञात समूहले धारिलो हतियार प्रहार गरी एक जनाको हत्या गरेको छ ।

महागढीमाई नगरपालिका–१ नैकाटोलमा स्थानीय ५० वर्षीय श्रीनारायण यादवको हत्या भएको जिल्ला प्रहरी कार्यालय बाराका डिएसपी प्रकाश सापकोटाले जानकारी दिए ।

गएराति करिब ८ बजे घर नजिकैको सडकमा उनीमाथि गर्धनमा धारिलो हतियार प्रहार भएको थियो । उनको प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।

यादवको हत्याबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


सम्बन्धित खबरहरु