आज:  | Fri, 29, May, 2026

फिफा वरियतामा नेपाली महिला टोलीको छलाङ

दिशा निर्देश August 7, 2025 मा प्रकाशित (९ महिना अघि)

विश्व फुटबल महासंघ (फिफा) वरियतामा नेपाली महिला टोलीले छलाङ मारेको छ । फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपालले १३ स्थान छलाङ मारेको हो ।

यसअघि एक सय औं स्थानमा रहेको नेपाल नयाँ वरियतामा ८७औं स्थानमा उक्लिएको छ । १२४८.८९ अंक जोड्दै नेपाल ऐतिहासिक रुपमा हालसम्मकै उच्च वरियतामा उक्लिएको हो ।

केही समयअघि भएको एएफसी छनोटमा लाओसलाई ९–०, श्रीलंकालाई ८–० ले हराएको थियो । समूह चरणको अन्तिम खेलमा उज्वेकिस्तानसँग निर्धारित समयमा ३–३ को बराबरी खेलेको थियो । टाइब्रेकरमा भने ४–२ ले पराजित भएको थियो ।


सम्बन्धित खबरहरु