आज:  | Sat, 09, May, 2026

फाइनल प्रवेशका लागि विराटनगर र लुम्बिनी भिड्दै

Avatar photo दिशा निर्देश २६ मंसिर २०८२, बिहीबार १०:४५ मा प्रकाशित (४ महिना अघि)

वीरगञ्ज । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो क्वालिफायर अन्तर्गत आज लुम्बिनी लायन्स र विराटनगर किंग्स आमनेसामने हुँदैछन्। बिहीबार दिउँसो ४ बजे त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेल सुरु हुनेछ।

लुम्बिनी लायन्स राष्ट्रिय टोलीका कप्तान रोहितकुमार पौडेलको नेतृत्वमा उत्रिंदैछ भने विराटनगर किंग्सको कप्तानी सन्दीप लामिछानेले सम्हाल्नेछन्। पहिलो क्वालिफायरमा सुदूरपश्चिमसँग पराजित भएपछि विराटनगर दोस्रो क्वालिफायर खेल्न बाध्य भएको हो। त्यस्तै, इलिमिनेटरमा उत्कृष्ट जित निकाल्दै लुम्बिनी दोस्रो क्वालिफायरका लागि छनोट भएको हो।

आजको खेलको विजेता सुदूरपश्चिम रोयल्ससँग शनिबार हुने दोस्रो संस्करणको फाइनलमा भिड्नेछ।
पहिलो क्वालिफायरमा सुदूरपश्चिमले विराटनगरलाई ७७ रनले पराजित गर्दै फाइनल प्रवेश गरेको थियो।

लिग चरणमा पनि लुम्बिनीले विराटनगरलाई पाँच विकेटले हराइसकेको छ। सुरुमा ब्याटिङ गर्दै विराटनगरले दिएको १४५ रनको लक्ष्य लुम्बिनीले पाँच विकेट गुमाउँदै १७.४ ओभरमै भेट्टाएकाे थियो। त्यसैले आजको खेलमा लुम्बिनी उच्च आत्मविश्वासका साथ मैदानमा उत्रिने अनुमान गरिएको छ।

दुवै टोलीका बलरबीच रोचक प्रतिस्पर्धा देखिन सक्छ। विराटनगरका लागि सन्दीप लामिछाने महत्वपूर्ण हुनेछन् भने लुम्बिनीका शेर मल्लको प्रदर्शन निर्णायक बन्ने सम्भावना छ।
ब्याटिङतर्फ विराटनगरले विश्व–स्तरका नामहरू उतार्नेछ  मार्टिन गप्टिल र फाप्लुको प्रदर्शन टोलीको बलियो आधार मानिएको छ। लुम्बिनीका लागि कप्तान रोहित पौडेलले राम्रो इनिङ खेल्ने अपेक्षा गरिएको छ।


सम्बन्धित खबरहरु