काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई पदबाट हटाइएको छ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले शाक्यलाई पदमुक्त गर्दै जल तथा ऊर्जा आयोगमा विशिष्ट श्रेणीको विशेषज्ञ पदमा नियुक्त गर्ने निर्णय गरेको छ।
त्यससँगै प्राधिकरणको कार्यकारी निर्देशकमा पूर्व उपकार्यकारी निर्देशक इन्जिनियर मनोज सिलवाललाई नियुक्त गर्ने निर्णय गरिएको अर्थमन्त्री रामेश्वर खनालले जानकारी दिए।
