आज:  | Fri, 29, May, 2026

प्रधानमन्त्री ओलीले प्रतिनिधि सभामा सांसदहरूले सोधेका प्रश्नको जवाफ दिँदै

दिशा निर्देश August 20, 2025 मा प्रकाशित (९ महिना अघि)

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधि सभा बैठक बुधबार दिउँसो १ बजे बस्दैछ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रश्नोत्तर हुने संसद सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा नियमावली, २०७९ को परिच्छेद–९ बमोजिम सांसदहरूले सोधेका प्रश्नहरूको जवाफ दिने कार्यसूची रहेको छ ।

त्यसैगरी बैठकमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवल किशोर साह सुडीले बालबालिका सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८२ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

यस्तै मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८१ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव पनि प्रस्तुत गरिने सचिवालयले जनाएको छ ।


सम्बन्धित खबरहरु