आज:  | Fri, 29, May, 2026

पर्सा प्रहरीद्वारा प्रतिबन्धित भारतिय कुखुरा नष्ट

दिशा निर्देश November 28, 2023 मा प्रकाशित (२ साल अघि)

वीरगञ्ज,१२ मंसिर । पर्सा प्रहरीले प्रतिबन्धित भारतिय बोइलर कुखुरा बरामद गरि नष्ट पारेको छ ।

ईलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रहरी निरीक्षक रामराजा केशरीको नेतृत्वमा गएको गस्ती टोलीले उक्त कुखुराहरु बरामद गरि नष्ट पारेको हो ।

प्रहरीले पर्साको जीराभवानी गाउँपालिका वडा नं. ३ परसवाबाट १३ वटा भारतिय बोइलर कुखुरा ४५ किलो नियन्त्रणमा लिएको थियो ।

बरामद कुखुरा ईलाका प्रहरी कार्यालयको प्राङ्गणमा स्थानीय जनप्रतिनिधि, भद्रभलादमी र संचारकर्मीको रोहबरमा नष्ट पारिएको प्रहरी निरीक्षक रामराजा केशरीले जानकारी दिनुभयो ।


सम्बन्धित खबरहरु