वीरगञ्ज । पर्सामा हैजा संक्रमितको संख्या बढ्दै गईरहेको छ। जिल्ला स्वास्थ्य कार्यालयका अनुसार पछिल्लो चार जनामा नयाँ सङ्क्रमण पुष्टि भएपछि संक्रमितको कुल संख्या १ सय ९० पुगेको हो।
संक्रमितमध्ये १ सय ७४ जना उपचारपछि निको भइसकेका छन् भने बाँकी बिरामी विभिन्न अस्पतालमा उपचाररत छन्।
वीरगञ्ज र पोखरियामा हैजा फैलिएको पुष्टि भएको छ। वीरगञ्जमा हैजा र झाडापखाला देखिएका बिरामीहरूको संख्या ९ सय २० पुगेको छ। तीमध्ये ८ सय जनाभन्दा धेरै उपचारपछि घर फर्किएका छन्।
नयाँ संक्रमित थपिने क्रम भने अझै रोकिएको छैन। सङ्क्रमण नियन्त्रणमा लिन प्रभावित क्षेत्रमा सरसफाइ, जनचेतनामूलक अभियान र सुरक्षित खानेपानी वितरणको काम भइरहेको वीरगञ्ज महानगरपालिकाले जनाएको छ।
