आज:  | Fri, 29, May, 2026

नेपाल र मलेसियाका महिला टोलीबीचको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखला आजदेखी सुरु हुँदै

दिशा निर्देश October 2, 2025 मा प्रकाशित (७ महिना अघि)

काठमाण्डौ । नेपाल र मलेसियाका महिला टोलीबीचको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखला आजदेखी सुरु हुँदै छ । मलेसियाको क्वालालम्पुरमा हुने खेल विहान पौने १२ बजेदेखि सुरु हुनेछ । अक्टोबर ८ तारिखसम्म चल्ने ५ खेलको शृंखलाअघि नेपालका खेलाडीहरू सेप्टेम्वर २४ देखि ३० तारिखसम्म मलेसियन सुपर वुमन सिरिजमा सहभागी भएका थिए ।

त्यहाँ १४ खेलाडी फरक–फरक पाँच टोलीबाट खेलेर अनुभव बटुलेका छन् ।

नेपाली महिला टोलीले आउँदो जनवरीमा घरेलु मैदानमै हुने महिला टी–२० विश्वकपको ग्लोबल छनोट खेल्दै छ ।

त्यसको तयारीका लागि यो शृंखला खेल्न लागिएको हो । नेपालको टोलीमा इन्दु बर्मा, पूजा महतो, राजमती ऐरी, सम्झना खड्का, कविता जोशी, रिया शर्मा, सोमु बिष्ट, रचना चौधरी, रुबी पोद्दार, यशोदा बिष्ट, सावित्री धामी, कविता कुँवर, रुबिना क्षेत्री, सीता राना मगर छन् ।

 


सम्बन्धित खबरहरु