आज:  | Fri, 29, May, 2026

नेपाल–भारत मैत्री बसबाट लागुऔषध गाँजासहित दुई भारतीय नागरिक वीरगन्जबाट पक्राउ

दिशा निर्देश August 24, 2025 मा प्रकाशित (९ महिना अघि)

वीरगन्ज । सशस्त्र प्रहरीले नेपाल–भारत मैत्री बसबाट लागुऔषध गाँजासहित दुई भारतीय नागरिकलाई आइतबार वीरगन्जबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत महाराष्ट्र मुम्बई बस्ने ४२ वर्षीय अनवर सलाउदिन खान र ४१ वर्षीय मोहम्मद इकवाल सय्यद छन् ।

सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगन्जबाट खटिएको टोलीले वीरगन्ज महानगरपालिका–१६ बाट नेपालबाट भारततर्फ जाँदै गरेको बा ५ ख १२३७ नम्बरको नेपाल–भारत मैत्री यात्रुवाहक बसमा जाँच गर्ने क्रममा उनीहरुको साथमा रहेको झोलाबाट ६ किलो ४ सय ग्राम गाँजा बरामद भएको हो ।

दुवैलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि वडा प्रहरी कार्यालय विर्तामा बुझाइएको सशस्त्र प्रहरी पर्साका सूचना अधिकारी डीएसपी सुरज कार्कीले जानकारी दिए ।


सम्बन्धित खबरहरु