वीरगञ्ज – बाराको निजगढका विभिन्न स्थानमा लगाईको अबैध गाँजा खेती प्रहरीले नष्ट गरेको छ ।
निजगढ नगरपालिका वडा नम्वर १२ र १३ मा ३० कट्ठामा लगाइएको गाँजा खेती प्रहरीले फडानी गरी नष्ट गरेको हो ।
प्रहरीले करिब ५ घण्टा लगाएर उक्त स्थानमा लगाइएको गाँजा खेती फडानी गरेको थियो ।
![]()
इलाका सुरक्षा बेस क्याम्प निजगढका सशस्त्र प्रहरी नायब उपरीक्षकको कमाण्डमा खटेको १९ जना सशस्त्र प्रहरीको टोली र इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षकको कमाण्डमा खटेको १३ जनाको प्रहरीको टोलीले उक्त क्षेत्रमा लगाइएको अबैध गाँजा खेती फडानी गरेको हो ।
गाँजाको बोट फडानी गरेपछि जलाएर नष्ट गरेको बाराका प्रहरी प्रवक्ता प्रहरी नायब उपरिक्षक राजेश थापाले जानकारी दिए ।
![]()
