आज:  | Fri, 29, May, 2026

दोलखामा भूकम्पको धक्का

दिशा निर्देश November 8, 2024 मा प्रकाशित (१ साल अघि)

दोलखामा विहीबार बेलुका भूकम्प गएको छ । भूकम्पको तीव्रता ४.६ म्याग्निच्युड मापन भएको छ ।

आज बेलुका ७ बजेर ५६ मिनेटमा दोलखाको ओरङ्ग केन्द्रविन्दु भएर ४.६ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरले जनाएको छ ।

भूकम्पको धक्का दोलखा र आसपासका जिल्लामा समेत महसुस गरिएको थियो ।  भूकम्पबाट क्षति पुगे/नपुगेको विवरण भने प्राप्त हुन सकेको छैन । जिल्ला प्रहरी कार्यालय दोलखाले अहिलेसम्म क्षतिको सूचना नआएको जनाएको छ ।

सम्बन्धित खबरहरु