आज:  | Thu, 07, May, 2026

देउसी भैलोको पैसाले ठोरीको एउटा गाउँ नै उज्यालो

Avatar photo दिशा निर्देश १७ पुष २०७९, आईतवार १९:४४ मा प्रकाशित (३ साल अघि)

वीरगञ्ज – पर्साको ठोरी गाउँपालिका वडा नम्वर १ का दिपज्योति उपभोक्ता समूहले देउसी भैलो खेलेर उठेको रकम सामाजिक कार्यमा उपयोग गरेर उदाहरणीय कार्य देखाएको छ ।

तिहारका बेला देउसी भेैलो खेलेर समूहले १ लाख ७ हजार  रुपैयाँ संकलन गरेको थियो ।

संकलित रकमबाट समूहले मेलमिलन टोल उज्यालो बनाउन पोलपोलमा बत्ति जडान गरेको छ ।

बत्ति जडानपछि अहिले गाउँमा रातको समयमा पनि आउजाउ गर्न सहज भएको देउसी भैलो नेतृत्व गरेका  स्थानीय समाजसेवी देवराज ठकुरीले बताए ।

बत्तिसँगै समुहले १ थान साउण्ड सिस्टम र एम्प्लिफायर पनि खरिद गरेको छ । गाउँटोलमा विभिन्न कार्यक्रमका लागि साउण्ड सिस्टम आवश्यक पर्ने हुँदा आफूहरुले यस्ता सामग्री खरिद गरेर राखेको उनी बताउँछन् ।

बत्ति र साउण्ड सिस्टम खरिद गरेर बँचेको पैसाले शनिबार गाउँ भरिका स्थानीय मिलेर पिकनिक मनाएका छन् ।

गाउँभरीका सबै मिलेर राइधारामा पिकनिक मनाएको स्थानीय शिक्षक केशव रेग्मी बताउँछन् ।


सम्बन्धित खबरहरु