आज:  | Fri, 29, May, 2026

दिल्ली लैजाने तयारीमा रहेकाे १४ वर्षीया बालिका मानव तस्करको चंगुलबाट उद्धार तस्कर पक्राउ

दिशा निर्देश November 14, 2025 मा प्रकाशित (६ महिना अघि)

वीरगञ्ज । भारतको बिहारस्थित सुगौलीबाट नेपालकी १४ वर्षीया बालिका (नाम परिवर्तन) लाई मानव तस्करको चंगुलबाट सकुशल उद्धार गरिएको छ। समयमै चलेको संयुक्त अपरेशनका कारण तस्करको दिल्ली लैजाने योजना विफल बन्दै बालिकाको ज्यान जोगिएको छ।

बालिकालाई दुई महिनाअघि मनोज गिरी नामका व्यक्तिले बहला–फुसलाएर नेपालबाट लगेको आरोप छ। केही दिनअघि पीडित आमा रोइरोलाई इन्स्पेक्टर मनोज कुमार शर्मालाई संदेश पठाउँदै छोरीलाई बचाइदिन अपिल गरेकी थिइन्। बालिकाले फेसबुकमा लेखेकी थिइन्—
“मलाई यहाँबाट बचाइदिनु, नसके म बिष खाइदिन्छु 

गंभीरता बुझेर सायबर टीमले तुरुन्तै नम्बर ट्रेस गर्‍यो र आरोपीको ठेगाना पत्ता लागेपछि मिशन निर्भया अपरेशन’ सुरु गरियो।
अपरेशनमा राष्ट्रिय मानव अधिकार आयोग, एडीजी अमित जैन, इन्स्पेक्टर मनोज शर्मा, मिशन मुक्ति फाउन्डेशन, प्रयास जुभेनाइल एड सेन्टर (रक्सौल), रेस्क्यू एण्ड रिलिफ फाउन्डेशन, एसएसबी बेजपारा र मोतिहारी प्रहरी सहभागी थिए।

दुई तहमा चलाइएको अपरेशनबाट मनोज गिरीलाई पक्राउ गर्दै बालिकालाई सुरक्षित निकालिएको हो। काउन्सिलिङ विशेषज्ञ आरती कुमारीले उद्धारपछि बालिकाको प्राथमिक मनो–सामाजिक काउन्सिलिङ गरिरहेको जनाइएको छ।

जांचमा तस्करहरू बालिकालाई दिल्ली लगेर बेचबिखन गर्ने तयारीमा रहेको खुलासा भएको छ।
एजेन्सीहरूले यस अपरेशनलाई समयमै गरिएको उच्चस्तरीय समन्वय र संवेदनशील प्रतिक्रिया को सफल उदाहरण बताएका छन्।


सम्बन्धित खबरहरु