आज:  | Fri, 29, May, 2026

ट्रम्पको मध्यस्थतामा इजरायल–हमासबीच ऐतिहासिक सम्झौता, दुई हजारभन्दा बढी प्यालेस्टिनी कैदी मुक्त

दिशा निर्देश October 14, 2025 मा प्रकाशित (७ महिना अघि)

तेलअविव । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मध्यस्थतामा सम्पन्न सम्झौताअनुसार इजरायल र हमासबीच बन्धक तथा कैदी आदानप्रदान भएको छ।

बीबीसीका अनुसार, हिजो हमासले सबै जीवित इजरायली बन्धकहरू फिर्ता गरेपछि इजरायलले करिब दुई हजार प्यालेस्टिनी कैदीहरूलाई रिहा गरेको हो।

राष्ट्रपति ट्रम्पले इजरायली संसद (क्नेस्सेट) लाई सम्बोधन गर्दै यो सम्झौतालाई “मध्यपूर्वमा नयाँ युगको शुरुआत” भएको बताएका छन्।
हिजै उनले इजिप्टको शर्म एल–शेख शहरमा २० भन्दा बढी देशका नेताहरूसँग युद्ध अन्त्यका आगामी चरणबारे छलफल गरेका थिए।

सम्झौता अनुसार, इजरायलले १,७०० अभियोगविहीन बन्दीहरू र २५० जना आजीवन कारावास सजाय पाएका प्यालेस्टिनीहरूलाई मुक्त गरेको छ।

यो घटनालाई दुई वर्षदेखि जारी गाजा युद्ध अन्त्यतर्फको ऐतिहासिक र निर्णायक कदमका रूपमा हेरिएको छ।

तर, अन्तर्राष्ट्रिय विश्लेषकहरूले भने स्थायी शान्ति कायम गर्न अझै कठिन वार्ता र राजनीतिक सहमति आवश्यक रहेको टिप्पणी गरेका छन्।


सम्बन्धित खबरहरु